महानगरीय प्रहरी बृत्त ठिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बृत्तको काम कारवाही प्रभावित बनेको छ ।
केही दिन अघि बृत्तमा कार्यरत एक सय तीस जना प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये ६३ जनामा कोरोना पुष्टि भएपछि बृत्तको काम कारवाही प्रभावित बनेको हो ।
एकै पटक धेरै प्रहरी संक्रमित भएपछि बृत्तमा मुद्धा फाँटको मात्रै काम भइरहेको महानरीय प्रहरी बृत्त ठिमी प्रमुख ऋषिराम कँडेलले बताए ।
अत्याश्यक बाहेक ठिमी प्रहरी बृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बृत्तका प्रमुख कँडेलले बताए । संक्रमित प्रहरीहरुलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा राखिएको उनले बताए । त्यस्तै, दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको बताइएको छ ।