बिबिध

कतारबाट १४४ नेपाली स्वदेश फिर्ता भए

Lumbinikhabar Online

कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारोमा परेका १४४ जना नेपाली स्वदेश फर्किएका छन् ।दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १ महिलासहित १४४ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

यसअघि नेपाल एयरलाइन्सको ३८औं उडान मार्फत १२ महिलासहित १५० नेपाली स्वदेश फर्किएका थिए । सो उडानमा एउटा शव पनि नेपाल पठाइको थियो ।स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

नेपाल एयरलाइन्सले भोली बिहीबार र सेप्टेम्बर २२, २४ र २५ तारिखमा पनि उडान गर्ने दूतावासले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?