बिबिध

समस्यामा परेका ७० परिवारलाई लायन्स क्लब अन्तर्राष्ट्रिय ए टुको सहयोग

Lumbinikhabar Online

लायन्स क्बल अन्तर्राष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुका लागि भक्तपुरको बालकोटमा राहत वितरण गरेको छ । करिब ७० परिवारलाई सोमबार विहान राहत वितरण गरिएको हो । राहतमा १२ केजी चामल, एक केजी दाल, एक केजी नुन, आधा केजी चिनी, आधा लिटर खानेतेल, आधा केजी न्यूट्रेला र २ वटा हात धुने सामुन वितरण गरिएको हो ।

स्थानीय पूर्वेली टोल समितिका सचिव यज्ञराज घिमिरेले लायन्सको कार्यको प्रसंशा गर्दै आफ्नो टोलमा आएर विपन्न वर्गलाई सहयोग गरेकामा क्लबप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न टोल समिति तयार रहेको बताए ।
कार्यक्रममा सम्पूर्ण उपस्थितहरुलाई धन्यवाद दिदै ‘क्लस्टर चिफ’ फडिन्द्र पौडेलले हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक सेक्रेटरी उत्तम झा, ट्रेजरर् डा. कमल कायस्थ, लायन चन्द्र ढकाललगायत लायन्स लिडरहरुको बाक्लो उपस्थिति रहेको थियो ।

लायन्स क्बल अन्र्राष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुका लागि कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रम अन्तर्गत  ‘फुड बैंक’ को स्थापना गरि करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराइने छ । ६ वटा क्लस्टर अन्तर्गत अलग अलग स्थानमा यो कार्यक्रम भइरहेको छ । यहि कार्यक्रम अन्तर्गत सोमबार बालकोटमा पनि राहत वितरणको कार्यक्रम सम्पन्न भएको हो ।

Tags

छुटाउनु भयो कि ?