बिबिध

नारायणगढ मुग्लिङ सडकखण्ड करिब १७ घण्टापछि सुचारु

Lumbinikhabar Online

नारायणगढ मुग्लिङ सडकखण्ड करिब १७ घण्टापछि सुचारु भएको छ। सोमबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको सडक खण्ड दिउँसो २:३० बजेबाट खुलेको हो। नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।

अवरुद्ध सडक सोमबार बेलुका ६ बजे एकतर्फी सूचारु भएकोमा राति १० बजे पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। चारकिलो नजिकको पहिरो हटाइएपनि उक्त सडकखण्डको विभिन्न स्थानमा साना पहिरोको कारण सडक एकतर्फी मात्रै खुलेको छ। नारायणगढ मुग्लिङ सडक खण्डको भालुढुङ्गा, सिमलताल, जलबिरे लगायतको स्थानमा सडक एकतर्फी मात्रै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए।

Tags

छुटाउनु भयो कि ?