खेलकुद

नेइमारमाथि रंगभेदी व्यवहार,पिएसजी उनको पक्षमा उभिने

Lumbinikhabar Online

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारको पक्षमा बलियो रुपमा उभिने जनाएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजले रंगभेदी व्यवहार र टिप्पणी गरेको नेइमारले बताएपछि पिएसजीले उनको पक्षमा उभिने बताएको हो ।

आइतबारको खेलमा नेइमारसहित पिएसजीका तीन तथा मार्सेइलीका दुई खेलाडीले इन्जुरी समयको सातौँ मिनेटमा रातो कार्ड पाएका थिए । गोन्जालेजलाई हिर्काएकोमा नेइमारले रातो कार्ड पाएका थिए । तर नेइमारले आफूमाथि हात हालिएपछि र रंगभेदी टिप्पणीपछिको प्रतिक्रिया आफ्नो व्यवहार रहेको बताएका छन् । ट्वीटरमा नेइमारले गोन्जालेजले रंगभेदी टिप्पणी गरेको र त्यसबारे स्पष्ट हुन भिएआरको सहयोग लिन खेल पदाधिकारीलाई सुझाव दिएका छन् ।

मार्सेइलीले वक्तव्य जारी गरेर गोन्जालेज रंगभेदी नरहेको बताएको छ । पिएसजीले समाज, फुटबल र मानव जीवनमा रंगभेदको कुनै स्थान रहेको बताएको छ । फ्रान्सेली फुटबलको प्रशासकीय निकाय एलएफपीको अनुसाशन कमिटिले घटनाको अनुसन्धान गरी तथ्यहरु बाहिर ल्याउने अपेक्षा रहेको पिएसजीले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ ।

Tags

छुटाउनु भयो कि ?