बिबिध

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

Lumbinikhabar Online

प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारबाही थालेको छ।

२०५७ सालमा पत्नी श्रीमती दिलमाया सुनारको हत्या गरी फरार दोलखाका भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्ने गरेका अरुणकुमार रिजाल (सुनार) लाई प्रहरीले पक्राउ गरेकाे हाे।

उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दिलमाया आफ्नै कोठामा मृत फेला परेकी थिइन्। तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो।

त्यसपछि उनी फरार थिए। उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडाैँ बुझाएको थियो। उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ।

Tags

छुटाउनु भयो कि ?