कोभिड-१९

इजरायलमा दोश्रो पटक देश भर लकडाउन

Lumbinikhabar Online

भाद्र २९ – कोरोना भाइरस संक्रमण तिब्र गतिमा बढे पछि इजरायलले फेरि देशभर लकडाउन घोषणा गरे संगै नयाँ वर्षको समयमा कडा प्रतिबन्ध लागु हुने बीबीसीले जनाएको छ । योपालि को लकडाउन तीन हप्तासम्म चल्ने बताइएको छ। इजरायलमा दैनिक चार हजारको दरमा सक्रिय संक्रमित बढ्दै आएका छन। हाल गरेको लक्डाउनले ठुलो मूल्य चुकाउनु पर्ने र बाध्यतामा निर्णय लिएका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्।

यहुदी समुदायको प्रमुख चाडको समयमा लकडाउन लागु गरेको भन्दै एक मन्त्रीले राजिनामा दिए संगै उनले सत्ता गठबन्धनबाट आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धमकीसमेत दिएको बीबीसीको समाचारमा उल्लेख छ । इजरायलमा झन्डै ९० लाख जनसंख्या रहेको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सयभन्दा बढी पुगेको छ । यसैगरी १ लाख ५३ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । हाल संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

Tags

छुटाउनु भयो कि ?