बैंक तथा बित्तिय

निजि प्रयोगशालाका पिसिआर एपोर्ट कोरोना बिमा को लागि मान्य हुने

Lumbinikhabar Online

भाद्र २९ – निजि अस्पतालमा गरिएको कोरोना संक्रमणको रिपोर्ट कोरोना बिमाका लागि मान्य हुने छ। बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन सोमबार देखि लागु हुने छ। मापदण्डमा बिमाका लागि सरकारी या निजि अस्पतालमा गरेको परिक्षणको सकारात्मक रिपोर्ट आएको सक्कल रिपोर्ट बिमाको लागि पेस गर्नु पर्ने उल्लेखिएको छ।

निजि अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमणको पुस्टि भए तापनि बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने भए पछि यसबारेमा आलोचना भएको हो। यदि बिमा कम्पनीहरुले सक्रमितले पेस गरेको रिपोर्ट मा सनक लागेमा स्व व्यक्तिले आफ्नै खर्चमा फेरी परीक्षण गराउन सकिने व्यवस्था पनि गरिएको छ। बिमा प्रक्रिया पुरा भएपछि ७ भित्र दाबी भुक्तानी गर्ने समितिले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?