कोभिड-१९

पिसिआर परिक्षणको शुल्क आखिर किन घटाइयो ?

Lumbinikhabar Online

भाद्र २९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणका निम्ति आवश्यक सरसामानको भाउ घटेकोले पिसिआर परिक्षणको शुल्क घताइएको बताएका छन्। राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा परीक्षणका लागि चाहिने रसायन वा रिएजेन्टको भाउ घटेको छ। देशभरिका ३४ वटा सरकारी र १३ वटा प्रिभेट अस्पतालमा पनि शुल्क तिरेर कोरोना भाइरस परिक्षण गर्न पाइने। पीसीआर परीक्षणका लागी १० प्रतिशत सेवा शुल्क सहित ६ हजार ५० रुपैयाँ तोकिएको थियो।

सरकारले निशुल्क परिक्षण गर्न व्यवस्था मिलाएको हुदा परिक्षण गर्न जानेको भिड बढेको हुनाले प्रिक्षण मापदण्ड कडा गर्नलाई शुल्क तिरेर परीक्षण गर्न पाउने बाटो खोलिएको थियो। लक्षण देखापरेको सङ्क्रमितको सम्पर्कमा रहेका मानिसहरूको र अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै निशुल्क परीक्षण गर्ने व्यवस्था छ।

Tags

छुटाउनु भयो कि ?