बिबिध

विगत ६ महिना देखि निषेध गरेको धर्म स्थलहरु खुलाउने माग

Lumbinikhabar Online

भाद्र २७ –  ६ महिनादेखि बन्द हुदै आएको मुख्य मठ, मन्दिर, गुम्बा तथा चैत्य लगायतका धार्मिक स्थल बन्द भएकोले आपत्ति जनाएका छन्। महासंघले सुरक्षका मापदण्ड अपनाउदै धार्मिक स्थल संचालन हुन दिन माग गरेका छन्। विभिन्न क्षेत्रहरु सुरक्षका मापदण्ड अपनाउदै खुलाएको तर धर्म स्थल हरु बन्द गरिरहने सरकारको नीति गलत रहेको महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले बताएका छन्।

धार्मिक स्थलमा दर्शन तथा पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र खुलाउन साउनमै मापदण्ड बनाए तापनि सरकारले खोल्ने अनुमति नदिएको हो ।

Tags

छुटाउनु भयो कि ?