बिबिध

टिपरको ठक्करबाट टेलिभिजनकर्मी गौतमको मृत्यु

Lumbinikhabar Online

प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई टिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स(परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।

गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?