राजनीति

एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

Lumbinikhabar Online

 सत्तारुढ दल नेकपा भित्रको विवादका कारण अलपत्र परेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता अब अनुमोदन हुने देखिएको छ। सत्तारुढ दल नेकपाकै कारण संसदमा अलपत्र सो सम्झौता अनुमोदन गर्ने नेकपाको स्थायी कमिटीले निर्णय गरेको छ। बिहीबार सम्पन्न बैठकले आवश्यक परिमार्जन गरी देशको हितमा एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सँयुक्त रुपमा बैठकमा पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरिएको थियो। सो प्रस्ताव स्थायी कमिटीले सर्वसम्मत रुपमा पारित गरेको हो।

यसअघि नेकपामै विवाद भएपछि एमसीसी संसदबाट अनुमोदन गरिसक्नु पर्ने सयम सीमा घर्किएको थियो। र अब करिब ६० अर्व रुपैयाँ अनुदान बराबरको सो सम्झौता संसदबाट अनुमोदन गर्नुअघि नेपाल र एमसीसीबीच फेरि नयाँ सम्झौता हुनुपर्ने देखिएको छ। नेकपाले परिमार्जनपछिमात्र अनुमोदन गर्ने निर्णय गरेकाले फेरि सम्झौता गर्नुपर्ने अवस्था देखिएको हो। अब अमेरिकाले यो विषयमा के निर्णय गर्छ भन्ने चासोको विषय बनेको छ।

Tags

छुटाउनु भयो कि ?