बिबिध

केन्द्रीय कारागारमा हालसम्म पाँच कैदीबन्दीको मृत्यु

Lumbinikhabar Online

 

कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ।

कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ। भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

बास्कोटाले मृतक सबैमा अन्य दिर्घरोग रहेको बताए। ‘कसैमा मुटु, कसैमा मृगौला सम्बन्धी समस्या थियो’, बास्कोटाले भने। केन्द्रीय कारागारमा हालसम्म ६५ जना कैदीबन्दीमा कोरोना संक्रमण भएको छ। तीमध्ये ३१ जना निको भइसकेका छन्। हालसम्म कैदीबन्दीको कोरोनाले ज्यान गएको केन्द्रीय कारागारमा मात्र हो।

Tags

छुटाउनु भयो कि ?