बिबिध

भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका १२ जना चढेको जीप पल्टियो

Lumbinikhabar Online

भाद्र २६  –   डोटीमा जीप दुर्घटना भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुइको अबस्था गम्भीर रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नम्बरको जीप आज बिहान दुर्घटना ग्रसत भएको प्रहरीले जनाएको छ ।

मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको बताइएको छ ।उनीहरुलाई थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?