बिबिध

सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ

Lumbinikhabar Online

केहि दिन अगाडी अन्तर्राष्ट्रियतर्फ आंशिक नियमित उडान खुलेको शुक्रबार देखि लागु हुने उडान कोटा हटाइएको छ। अब कोटा नहुने, यात्रुहरुको पिसिआर परिक्षण नेगेटिभ आएको हुनुपर्ने र वायुसेवा कम्पनीले मागेअनुसार अनुमति दिएन छ योगेश भट्टराईलेभन। सो निर्णयले युरोप तथा अमेरिकालगायत पीसीआर सहज भएका मुलुकमा ५ महिनादेखि अलपत्र परेका नेपालीलाई राहत हुने छ।
उच्चस्तरीय छलफलपछिको सहमतिबाट यो निर्णय बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबिच भएको हो।
यो निर्णयले मनपरी भाडा असुलिरहेका वायुसेवाबीच प्रतिस्पर्धा हुने अपेक्षा मन्त्रालयको छ । येदि पीसीआर नेगेटीभ भएका र जाच नगरेका यात्रु मिसाएर लेराइयेमा वायुसेवा कम्पनीकै खर्चमा सबै यात्रुलाई होटलमा राखिने छ । त्यसैगरी पीसीआर सहज नभएका श्रम गन्तव्यमा अलपत्र नेपालीलाई पनि अब स्वदेश फर्किन सहज गरिएको छ ।
बिहीबारसम्म अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्रु ल्याउन बिहान ६ देखि बेलुकी ६ बजेसम्म समयसीमा थियो भने अब त्यो सीमा पनि हट्ने छ । ‘उडान संख्या वृद्धि हुँदा त्यो नियम पनि हट्ने छ’ मन्त्री भट्टराईइले भने ।आन्तरिकतर्फ उडान भने असोज १५ पछि मात्रै हुनेछ ।

Tags

छुटाउनु भयो कि ?