बिबिध

प्रधानमन्त्री ओलीद्वारा एसिड हमलावरहरू विरूद्ध कडा कानून

Lumbinikhabar Online

भद्र २५ – आज बिहिबार प्रधानमन्त्रि निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एसिड प्रहार गर्ने अपराधीको सम्पति रोक्का गरि पिडितको उपचार खर्च व्यहोरी क्ष्यतिपुर्ति भराउने रणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए। प्रधानमन्त्री ओलीले आज भएको कार्यक्रममा संग्लग्न १२ जना पिडितको वीर र शिक्षण अस्पतालमा उपचारको सुविधा मिलाइने तथा सरकारको तर्फा बाट सम्पूर्ण खर्च बेहोरिने र दैनिक रुपमा प्रयोग हुने औषधिको खर्च सम्म बेहोरिने घोसणा गरेको छन्।

त्यसैगरी पढ्न इच्छुक पिडितहरुको लागि निशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणा गरे। पिडितलाई हुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने छ। सेप्टेम्बर १० मा एसिड आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने बताएका छन्। ‘सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ’ उनले भने।

Tags

छुटाउनु भयो कि ?