खेलकुद

भारतीय क्रिकेटर युवराज सिंहले सन्यास तोड्दै

Lumbinikhabar Online

सन्यास लिएका भारतीय क्रिकेटर युवराज सिंहले आफ्नो सन्यास तोडेर फेरी क्रिकेटमा फर्किने तयारी गरेका छन् । क्रिकेट वजमा छापिएको रिपोर्ट अनुसार युवराज सिंहले भारतको घरेलु क्रिकेट खेल्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग अनुमति मागेका छन् । युवराजले पंजावबाट घरेलु क्रिकेट खेल्न बोर्डसँग अनुमति मागेको उल्लेख गरिएको छ । युवराजले अघिल्लो बर्षको जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

युवराजले बोर्डले अनुमति दिएमा पंजावबाट टी-२० खेलमात्र खेल्ने बताएका छन् । उनले आफुले युवा क्रिकेटरसँग समय बिताउन आफुलाई राम्रो लाग्ने भन्दै पंजाव क्रिकेट एसोसियसनले समेत आफुलाई क्रिकेटमा फर्किन अनुरोध गरेको बताएका छन् । युवराजले पंजाव क्रिकेट एसोसियसनका सचिवले आफुलाई अनुरोध गरेपछि तीन चार सातासम्म सोचेपछि आफुले अनुमति पाएमा खेलमा फर्किन चाहेको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?