बलिवुड

कानून विरुद्ध निर्माण भन्दै बीएमसीले अभिनेत्री कंगनाको अफिस भत्काए

Lumbinikhabar Online

भाद्र २४ – कानुन बिरुद्ध निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका बीएमसीले बलिउड अभिनेत्री कंगना रनावतको अफिस भत्काएको छ । बीएमसीले मंगलबार क‌ंगनालाइ कार्यालयखालि गर्न २४ घण्टाको नोटिस पठाएको थियो र कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्त नबुझेको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो।शिवसेना पार्टीका नेताहरुसँग कंगनाको पछिल्लो केहि समयदेखि भनाभन चलिरहेको थियो। बीएमसीका एक कंगनाका समर्थकले कानुनि दबाबमा आएर भत्काउन बाध्य भएको भनेका छन् भने बीएमसीका अधिकारीले भने कानुन बिरुद्ध भौतिक संरचनाको निर्माण गरिएकाले भत्काएको बताएका छन् । कन्गनाले आफु फसिजमको सिकार भएकी बताउदै ट्विट गरेकी छिन्।

Tags

छुटाउनु भयो कि ?