खेलकुद

रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी

Lumbinikhabar Online

भाद्र २४ – पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

दाइले सन् १९९३–२००६ बीच १ सय ९ गोल गरेका थिए । रोनाल्डोको पछाडि भारतका सुनिल क्षेत्रीको ७२ र अर्जेन्टिनाका लियोनल मेसीको ७० गोल रहेको छ ।प्रतियोगिताको अर्को खेलमा ओलिभर जिरोडको ४०औं अन्तर्राष्ट्रिय गोलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हरायो । यो सन् २०१८ को विश्वकपको पुनरावृत्ति पनि रह्यो ।

चेल्सीका स्ट्राइकरले फ्रान्सका लागि कीर्तिमानी गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमान भने थिएरी हेनरीको नाममा छ । उनले ५१ गोल गरेका छन् ।मंगलबारका अर्को प्रमुख खेलमा इंग्ल्यान्डले डेनमार्कसँग निराशाजक गोलरहित बराबरी खेल्यो भने बेल्जियमले आइसल्यान्डलाई सजिलै ५–१ ले हरायो ।

Tags

छुटाउनु भयो कि ?