दाइले सन् १९९३–२००६ बीच १ सय ९ गोल गरेका थिए । रोनाल्डोको पछाडि भारतका सुनिल क्षेत्रीको ७२ र अर्जेन्टिनाका लियोनल मेसीको ७० गोल रहेको छ ।प्रतियोगिताको अर्को खेलमा ओलिभर जिरोडको ४०औं अन्तर्राष्ट्रिय गोलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हरायो । यो सन् २०१८ को विश्वकपको पुनरावृत्ति पनि रह्यो ।
चेल्सीका स्ट्राइकरले फ्रान्सका लागि कीर्तिमानी गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमान भने थिएरी हेनरीको नाममा छ । उनले ५१ गोल गरेका छन् ।मंगलबारका अर्को प्रमुख खेलमा इंग्ल्यान्डले डेनमार्कसँग निराशाजक गोलरहित बराबरी खेल्यो भने बेल्जियमले आइसल्यान्डलाई सजिलै ५–१ ले हरायो ।