बिबिध

६३ वर्षीया आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

Lumbinikhabar Online

भाद्र २४ –     इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएका थिए।

फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए।

उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए।

पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए।

Tags

छुटाउनु भयो कि ?