बिबिध

उपत्यकामा निषेधाज्ञाबारे समीक्षा गर्न सीडीओ हरू भर्चुअल छलफलमा

Lumbinikhabar Online

भाद्र २३  –   जारी रहेको निषेधाज्ञा भोलि (भाद्र २४) राति १२ बजे अन्त्य हुनेछ। उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा केहि सुधार नदेखिएकोले निषेधाज्ञाबारे समीक्षा गर्न र नयाँ निर्णय लिनका लागि तिनै ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । छलफल भइसकेपछि गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्। पछिल्लो समयको निषेधाज्ञाले गर्दा व्यापार व्यवसायी र मानविय जनजीवन कष्टकर बनेको गुनासो छ। निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय भए तापनि दिनदिनै बढदो संक्रमणले गर्दा कसरि व्यवस्थापन गर्ने कुरा चुनौतिपूर्ण रहेको छ।

Tags

छुटाउनु भयो कि ?