चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा थिए । यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै स्थितीलाई स्थिर राख्नका लागि चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जानकारी दिएको छ । चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयान जारी गर्दै भने, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाठको इलाकामा प्रवेश गरे ।’
बयानका अनुसार भारतीय सेनाको यो कदमले दुबै पक्षबीच जुन सहमति बनेको थियो, यो त्यसको गम्भीर उल्लंघन हो र यसले इलाकामा तनाव बढाइदिएको छ ।