बलिवुड

अभिनेता सुशान्त सिंह राजपूतकी दिदीविरुद्ध एफआइआर दर्ता

Lumbinikhabar Online

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे भइरहेको अनुसन्धानले सोमबार अबेर राती एउटा नयाँ मोड लिएको छ जब मुम्बई प्रहरीले सुशान्त सिंह राजपूतकी दिदीविरुद्ध एफआइआर दर्ता गर्यो । समाचार एजेन्सी एएनआईका अनुसार रिया चक्रवर्तीको ऊजुरीको आधारमा सुशान्त सिंह राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमार र अन्यविरुद्ध बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको हो ।

बान्द्रा प्रहरीले आत्महत्याका लागि उक्साएको, धोका दिएको र आपराधिक षड्यन्त्र रचेको भन्दै मुद्दा दर्ता गरेको छ ।

रिया चक्रवर्ती सोमबार नै बान्द्रा प्रहरी स्टेशन गएर लिखित उजुरी दिएकी थिइन् जसमा उनले सुशान्तकी दिदी प्रियंका सिंह र डाक्टर तरुण कुमारमाथि नक्कली प्रिस्क्रिप्शन र टेली मेडिसिन प्राक्टिस गाइडलाइनको उल्लंघनको आरोप लगाउँदै मुद्दा दर्ता गर्न अपिल गरेकी थिइन् ।

Tags

छुटाउनु भयो कि ?