बलिवुड

क्यान्सर उपचाररत बलिवुड नायक सञ्जय दत्त काममा फर्किए

Lumbinikhabar Online

फोक्सोको क्यान्सर भएका सञ्जय दत्त सोमबार रणवीर कपूरसँग ‘शमशेर’ चलचिको छायांकनमा आएका छन्। क्यान्सर पहिचान भईसकेपछि उनले एक थेरापी शेसन लिएका छन् र उनलाई पहिलाको भन्दा राम्रो अनुभूत भईरहेको छ।

सञ्जयले क्यान्सरको उपचार कोकिलाबेन अस्पतालमा गराईराखेका छन्। काममा फर्केका सञ्जय देश बाहिर नजाने भएका छन्। उनले आफू स्वस्थ्य भएको कारणले छायंकनमा फर्केको बताएका छन्। उनी अधुरो रहेको चलचित्रको छायंकन पूरा गर्न चाहन्छन्। उनले केही प्रोजेक्टहरुमा ‘डबिङ’ गर्ने सम्झौता गरेका थिए, सञ्जय यो काम पनि पूरा गर्न चाहन्छन्।

Tags

छुटाउनु भयो कि ?