कोभिड-१९

४२ मजदुरलाई कोरोना संक्रमण , चाउचाउ उद्योग सिल

Lumbinikhabar Online

बर्दियाको बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमणको पुस्टि भएको छ । केहि दिन अघि कारखानामा काम गर्ने एक जना मजदुरमा कोरोन संक्रमणको पुस्टि भएपछि भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमणको पुस्टि भएको हो। एकैचोटी येति धेरै मात्रामा कोरोना संक्रमणको पुस्टि भएपछि चाउचाउ कारखाना सिल भएको छ। पहिलो पटक जिल्लामा येसरी धेरै संख्यामा कोरोना संक्रमण को पुस्टि भएपछि निषेधाज्ञा जारि गर्ने निर्णय भएको हो। अत्यावस्यक काम बाहेक (औषधि उपचार, खाद्यवस्तु खरिद इत्यधि ) कोहि पनि घरबाट निस्किन नपाउनि गरि बिहान ६ बजेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?