टप खबर

बलिवूड कलाकार मलाईका अरोरा र अर्जून कपूरलाई कोरोना सन्क्रमण

Lumbinikhabar Online

बलिवुड नायिका लोकप्रिय नायिका मलाइका अरोरालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मलाइकालाई कोरोना लागेको जानकारी उनकी बहिनी अमृताले दिइन् । मलाइकालाई अहिलेसम्म कोरोनाको कुनै लक्षण भने देखिएको छैन । कोरोना संक्रमणको पुष्टि भएसँगै मलाइका होम आइसोलेसनमा बसेकी छिन् ।

त्यस्तै चर्चित नायक अर्जुन कपुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भए लगत्तै नायक अर्जुनले सामाजिक सञ्जालमार्फत आँफुमा संक्रमणको पुष्टि भएको जानकारी गराएका छन् ।निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङका क्रममा विभिन्न स्थालमा हिँडिरहेका अर्जुनलाई लक्षण भने नदेखिएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?