खेलकुद

रोनाल्डो बिहीन पोर्चुगलको शानदार जित

Lumbinikhabar Online

साबिक विजेता पोर्चुगलले शानदार जितका साथ युरोपियन नेशन्स लिगको सुरुवात गरेको छ । आइतबार राति भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डो बिनाको खेलमा पोर्चुगलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो । उसका लागि ४२ औँ मिनेटमा जोआओ क्यानसेलोले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

यस्तै ५९ औँ मिनेटमा डिओगो जोता, ७१ औँ मिनेटमा जोआओ फेलिक्स र इन्जुरी समयको छैटौँ मिनेटमा आन्द्रे सिल्भाले गोल गरेका हुन् ।

क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । रोनाल्डो चोटका कारण खेल्न नसके पनि रंगशालामा टिमको हौसला बढाउन उपस्थित थिए ।

उनको अनुपस्थितिमा खेलेका २० वर्षका जोआओ फेलिक्सले राष्ट्रिय टिमका लागि पहिलो गोल गरे।

नेशन्स लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा फ्रान्सले स्वीडेन, जिब्रालटारले सान मारिनो तथा जर्जियाले इस्टोनियालाई १–० ले पराजित गरेको छ ।

यस्तै मोन्टेनेग्रोले साइप्रस तथा बेल्जियमले डेनमार्कलाई २–०, लग्जेम्बर्गले अजरबैजान तथा उत्तरी मेसेडोनियाले अर्मेनियालाई २–१ ले पराजित गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?