बलिवुड

सुशान्त सिंहका तत्कालीन म्यानेजर र प्रेमीका रियाका भाइ पक्राउ

Lumbinikhabar Online

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमीका एवम् अभिनेत्री रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहेका सैमुएल मिरान्डा पक्राउ परेका छन् ।नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को टोलीले रियाका भाई शौविक र सुशान्तका म्यानेजर सैमुएललाई पक्राउ गरेको हो ।बलिउड अभिनेता सुशान्तको आत्महत्या प्रकरणको अनुसन्धानमा पहिलोपटक यी २ जनालाई पक्राउ गरिएको हो ।सुशान्त सिंह राजपदूतको हत्या प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ । तर, एनसीबीको टोलीले भने यी दुई जनालाई लागू औषधको लेनदेन प्रकरणमा पक्राउ गरेको हो ।सीबीआईको जाँचका क्रममा लागू औषधको कारोबारमा जोडिएका केही व्यक्तिको नाम सार्वजनिक भएको थियो । त्यसपछि लागू औषधको कारोबार प्रकरणमा एनसीबीले छानबिन शुरु गरेको थियो ।

एनसीबीले छानबिनको प्रारम्भमा केही व्यक्तिसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा रियाका भाई शौविक र सुशान्तका म्यानेजर सैमुएलको संलग्नता देखिए पछि उनीहरुलाई हिरासतमा लिइएको हो ।शुक्रबार बिहानै एनसीबीको टोलीले रियाका भाई शौविक र सुशान्तका म्यानेजर सैमुएलको घर पुगेको थियो ।एनसीबीले शौविकको ल्यापटप र अन्य केही दस्तावेज सिज गरेको छ ।शुक्रबार मध्यराति एनसीबीले रियाका भाई शौविक र सुशान्तका म्यानेजर सैमुएललाई गिरफ्तार गर्ने आदेश जारी गरेको खबर आएको थियो । त्यसको केही घण्टा पछि उनीहरु दुवै जना पक्राउ परेका हुन् ।बलिउड अभिनेता सुशान्त सिंह राजपूत गत जुन १४ तारिखका दिन आफ्नै घरमा मृत फेला परेका थिए ।

Tags

छुटाउनु भयो कि ?