बिबिध

ललितपुरमा रातो मत्स्येन्द्रनाथको क्षमापूजा गरियो

Lumbinikhabar Online

ललितपुर — रातो मत्स्येन्द्रनाथको क्षमापूजा मात्र गरेर देवतालाई बुङमती लगनी पाटनका १८ जातीय खल:बीच समर्थन भएको छ । निर्णय भए अनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु मनाउने, २२ गते भु:ज्या मनाउने अनि साइत जुराएर २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बुङमती लगिने निर्णय भएको छ ।

Tags

छुटाउनु भयो कि ?