• २०८२ असार ३१, मंगलबार ( )
बिश्व

अस्ट्रेलियामाअन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तीन महिना थपियो

Lumbinikhabar Online

अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा तथा क्रुज जहाज सम्बन्धी प्रतिबन्ध अर्को तीन महिनाका लागि थप गरेको छ।अहिलेको मानव तथा जैविक सुरक्षाको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सो प्रतिबन्ध थप गरिएको स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिए।लागू गरिएको उक्त नियमअन्तर्गत सय जनाभन्दा बढी यात्रु रहेका अन्तर्राष्ट्रिय क्रुज जहाजहरूलाई अस्ट्रेलियाको बन्दरगाहमा आएर रोक्न प्रतिबन्ध गरिएको छ भने आपतकालीन अवस्थामा रहेका क्रुजजहाज तथा मार्च १५ अघि अस्ट्रेलिया छाडेका जहाजलाई सो नियम लागू हुने छैन।

त्यसैगरी सो प्रतिबन्ध गत मार्च २५ मा लागू भएसँगै अस्ट्रेलियन नागरिक तथा पिआरधारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाइएको छ तर यो नियम अन्य देशका नागरिक, अत्यावश्यक कामदार, हवाइजहाज र पानीजहाजका कर्मचारी वा सरकारी कर्मचारीलाई भने लागू हुने छैन।प्रतिबन्ध आगामी डिसेम्बर १७ तारिखसम्म लागू हुने कुरा स्वास्थ्यमन्त्री ग्रेग हन्टद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘अस्ट्रेलियन स्वास्थ्य सुरक्षा समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कोभिड–१९ ले अस्वीकार्य सार्वजनिक स्वास्थ्य जोखिम पैदा गरिरहेको सुझाव दिएको छ । यसका लागि आपतकालीन अवस्थालाई बढाउनु सो जोखिमविरुद्ध सही प्रतिक्रिया हो । मानव जैविक सुरक्षा सम्बन्धी आपतकालीन घोषणाले सरकारलाई अस्ट्रेलियन नागरिकको स्वास्थ्य रक्षा गर्नका लागि आवश्यक कदम चाल्ने अधिकार दिएको छ’, स्वास्थ्यमन्त्री ग्रेग हन्टले विज्ञप्तिमा उल्लेख गरेका छन्।

Tags

छुटाउनु भयो कि ?