बिबिध

ट्राफिक प्रहरी घिमिरेमाथि निर्घात कुटपिको अभियोगमा ९ जना पक्राउ

Lumbinikhabar Online

१८ भदौ – ललितपुर, पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पुलिस र स्थानियाबिच झडप भएपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट भएको थियो त्यसै अभियोगमा ९ जना पक्राउ परेका छन् ।त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन्।
निषेधाज्ञाको बेला अनुमति बिना युवाले रथ ताने पछि ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिए अनुसार रोक्न जादा पुलिस र स्थानियाबिच झडप भएको हो। पक्राउ परेका व्यक्तिलाई उनीहरुको पिसीआर जाँच गरे पछि कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बता। उनीहरु माथि अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?