बिबिध

रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण हुदैँ

Lumbinikhabar Online

१८ भदौ – रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको काम सुस्तरी भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गरेका हुन् ।उक्त योजना निर्माणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जे.भीसँग सम्झौता भएको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको जनाइएको छ ।

कोभिडको १९ को कारण निर्माणको काम र ढुवानीमा कुनै बाधा नहुने बताए र अन्तिम मिति ०७८ असोज ३ गते अगाडि नै काम सकाउने श्रेष्ठले जानकारी दिएका छन् ।धावनमार्गको लम्बाइ ५ सय २० मिटर र चौडाइ २० मिटर छ । गुल्मीको रेसुंगा विमानस्थल निर्माणको शिलान्यास ०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए ।विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गरिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल ओगटेको छ । करिब ५६ रोपनी सार्वजनिक जग्गा भएको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?