बिबिध

आगलागीको कारण ६ ओटा घर जलेर नष्ट , हुम्ला

Lumbinikhabar Online

१८ भदौ – हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा स्थानीय जोखे जैसीको घरबाट आगलागी सुरुभएर आसपासका ६ वटा घरसम्म सल्किएर जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख  बसन्तकुमार पन्तले बताएका हुन् ।
बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएकोआगो आज बिहान २ बजे नियन्त्रणमा आएको जनाइएको छ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पीडितलाई प्रदेश सरकारले तीन महिना पुग्ने खाद्यान्न सहयोग गर्ने बताएका छन् ।यसैगरि वस्ती व्यवस्थापनका लागि केन्द्र सरकारसँग छलफल गरेर थप योजना बनाउने मन्त्री भण्डारीले बताए छन्।

Tags

छुटाउनु भयो कि ?