१७ भदौ – नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ र विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर राखेमा नेपालमा उडानको अनुमति नपाउने भएका छन् ।निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको भाडा तोकेको छ र पर्यटन मन्त्रालयले अब नियमित उडान हुने सक्टरबाट आउने विदेशी एयरलाइन्सले पनि तोकेकै भाडादरमा नेपाल आउनुपर्ने निर्णय गरेको छ।येदि बढी भाडा असुलेमा नेपालमा उडानको अनुमति नदिन मन्त्रालयले निर्देशन दिएको छ ।
क्लास मलेसिया-काठमाडौं दुबई-काठमाडौं हङकङ-काठमाडौं नारिता-काठमाडौं
वाइ MYR 2003 AED 2120 HKD 4198 JPY 76300
एम MYR 1803 AED 1820
एन MYR 1628 AED 1720
ओ MYR 1458 AED 1440
तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएको छ, भाडादर भन्दा बढी रकम तिरी टिकट खरिद नगरिदिना निगमले आग्रह गरेको छ । उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ ।