बिश्व

भारतले पब्जीसहित अन्य ११८ वटा चिनियाँ एप्स प्रतिबन्धित गरेको छ

Lumbinikhabar Online

काठमाडौँ — भारत र चिनबीच केहिदिन अगाडी लाद्दख्मा भएको विवादपछि सूचना तथा प्रविधि मन्त्रालयले पब्जीसहित अन्य १ सय १८ वटा चिनियाँ एप्स प्रतिबन्धित गरेको हो। भारतले यसअघि जुनमा सुरक्षाको कारण देखाउँदै टिकटक,यूसी ब्राउजर,वी च्याट जस्ता अन्य ५९ वटा मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

पूर्वी लद्दाखमा दुवै मुलुकबीच पुनःविवाद हुन थालेपछि भारतले आफ्नो मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा भएको मन्त्रालयले जनाए र सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको हो। मोबाइलका अप्प्सहरुको माध्यमबाट चीनले सूचना संग्रह गर्ने भन्दै यिनलाई प्रतिबन्धित गर्नुपर्ने बहस भारतमा चल्दै आएको छ ।

Tags

छुटाउनु भयो कि ?