१७ भदौ – काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एउटै व्यहोराको निषेधाज्ञाको आदेश जारी गारिएको छ र अत्यावश्यक कामका लागि मात्रै काठमाडौं उपत्यकामा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेका छन् ।
नाकाहरुमा उपत्यका प्रवेश गर्नेहरुको पीसीआर रिपोर्ट अनिवार्य गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवायए सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ र यस्ता अन्य आवस्यक कामहरुका लागि उपत्यकामा भित्रिन पिसिआर रेपोरी चाहिने।
निषेधाज्ञा आदेशअनुसार हवाई उडानबाट विदेश जानेहरुले या आउनेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट देखाएमा र पीसीआर परीक्षण सुविधा नभएको स्थानबाट काठमाडौं आउनुपरेमा काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको व्यवस्था गर्नुपर्ने अनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य देखाउनुपर्नेछ ।