शिक्षा

नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको १७ औं मेजरर्स अफ एसडिजीको कार्यक्रम सम्पन्न

Lumbinikhabar Online

नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको “17 Measures of SDG – Every week SDG week” को समापन कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम हरेक हप्ताको आइतबार बेलुका ८ बजेदेखि १० बजेसम्म भर्चुवल रुपमा हँदै आइरहेको थियो।

हरेक हप्ता गर्दै आइरहेको उक्त कार्यक्रममा विभिन्न शाखाहरुले आयोजना गर्दै आएका हुन् । समापन कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंखर प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो। उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेशनल इन्फोर्मेशन अफिसर अफ युएन रेसिडेन्ट कोअरडीनेटर अफिस/युएन इन्फोर्मेशन सेन्टर राम बाबु शाह र युएन रेसिडेन्ट पब्लिक इन्फर्मेसन मेनेजर शिम्रिका शर्मा हुनुहुन्थ्यो।

त्यसैगरी कार्यक्रममा अतिथिका रुपमा नेपाल जेसिज नेसनल एसडीजी संयोजक जेसिआई सिनेटर आशिष शर्मा,नेसनल एसडीजी मेम्बर जेसिआई सिनेटर मनिता जोशी,नेसनल एसडीजी मेम्बर जेसी विकास मान श्रेष्ठ,नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी शोभा खरेल,जेसी लालमणि भण्डारी,विजय गुरुङ,गोकुल सापकोटा,शोभा खरेल,नेपाल जेसिजका राष्ट्रिय महासचिव जेसिआई सिनेटर टेकराज रेग्मी,पाल जेसिजका राष्ट्रिय कानुनी सलाहकार जेसी राजेन्द्र घिमिरे,नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष जेसी बिमल रिमाल,चिफ एग्जिक्युटिभ असिस्टेन्ट टु नेशनल प्रेसीडेन्ट जेसिआई सिनेटर रविन पोख्रेल,नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसिआई सिनेटर कन्चन झा,जेसी कृष्ण सापकोटा,जेसी गोबिन्द पंगेनी,जेसी मंजु शाह ठकुरी,जेसी राम बहादुर बोगटी,जेसी बिशाल थापा,जेसी अनवर हुसैन,जेसी धिरज शाही,जेसी शिव प्रसाद सापकोटा,जेसी रमा प्याकुरेल र जेसी गणेश साउद हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल जेसिजका अन्य राष्ट्रिय पदाधिकारीहरु,शाखा अध्यक्षहरु र नेसनल एसडीजी संयोजकहरुको पनि उपस्थिति रहेको थियो। राष्ट्रिय गानको सम्मानबाट सुरु भएको उक्त कार्यक्रममा जेसिज आस्था पाठपछि जेसी स्वेता थापाले जेसिआई भिजन – मिसन पढ्नु भएको थियो। कार्यक्रमको उद्घोषण जेसी ओशिन ओलीले गर्नु भएको थियो।कार्यक्रममा नेसनल एसडीजी मेम्बर जेसिआई सिनेटर मनिता जोशीले सम्पूर्णलाई स्वागत गर्नु भयो।

कार्यक्रममा सबै एरियाको प्रतिनिधि गर्दै चार जना शाखा अध्यक्षहरुले आफ्ना अनुभव राख्नु भएको थियो। त्यसैगरि लोम एसडीजी संयोजकहरुले कार्यक्रमका बेला आफुहरुले अनुभव गरेका कुराहरु राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंखर र विशिष्ट अतिथि नेशनल इन्फोर्मेशन अफिसर अफ युएन रेसिडेन्ट कोअरडीनेटर अफिस/युएन इन्फोर्मेशन सेन्टर राम बाबु शाहले आफ्नो मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा नेपाल जेसिजका नेसनल एसडीजी संयोजक जेसिआई सिनेटर आशिष शर्माले उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो साथै एसडीजी अन्तर्गतका कार्यहरु जेसिआई नेपालले समुर्ण शाखाहरुलाई समेटेर गर्न पाउदा आफु निकै खुसि रहेको बताउनु भयो । शर्माले आगामी दिनहरुमा पनि जेसिजले एसडीजी अन्तर्गतका कार्यहरुलाइ निरन्तरता दिने र आगामी दिनमा एसडीजी एकेडेमी पनि सुरु गर्ने जानकारी दिनुभयो ।

Tags

छुटाउनु भयो कि ?