बिबिध

सुख्खा पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो , कालीकोट

Lumbinikhabar Online

कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

आइतबार बिहान नाग्म बजारमा पहिरो जाँदा एकै घरका चारसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ता ६ जनाको पनि शव फेला परेको कालिकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

पहिरोले चार घर पुरेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि जारी भएको निषेधाज्ञाको कारण घरभित्रै बसेको बेला माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको हो।

पहिरोले स्थानीय लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर भत्किएको प्रहरीले जनाएको छ। एक्कासी घर भत्किँदा भित्र बसेकाहरु पुरिएका हुन्।

Tags

छुटाउनु भयो कि ?