सरकारले कोरोना संक्रमण फैलिएको भन्दै लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।साउन २६ गते सरकारले हवाई यातायात भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण फैलिने क्रम नियन्त्रणमा नआउँदा लामो दूरीका यातायात र उडान सञ्चालन मिति सरकारले बारम्बार पछि सार्दै लगेको छ। भदौ १ गतेदेखि लामो दूरीका र हवाई यातायात चल्न दिने निर्णय गरिएको थियो। तर संक्रमण बढ्दै जाँदा त्यसलाई पछि सार्दै लगिएको हो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६