कोभिड-१९

चितवनमा एक साता निषेधाज्ञा लम्बिदै

Lumbinikhabar Online

भदौं १२– जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप्ने बताएको छ ।कोरोना संक्रमण्को तिब्र गतिमा बढ्दै गएकाले निषेधाज्ञाको अवधि थप्नु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘आज बैठक बस्छौं, संभवत एक साता निषेधाज्ञा थप गर्छौ ।’प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज (शुक्रबार) राति १२ बजेदेखि सकिदैछ ।
अत्यावस्यक क्षेत्रलाई भने खुकुलो बनाउने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारीले भट्टराईले नारायणी अनलाइनसंग भने–‘व्यवसायीहरुबाट केही गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, मनी ट्रान्सफरसहित केही खुकुलो बनाउने तयारी छौं, बैठकको निर्णय अनुसार लागू गर्छौ । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?