टप खबर

अमेरिकामा शक्तिशाली सामुद्रिक आँधी आएको छ

Lumbinikhabar Online

अमेरिकामा आएको शक्तिशाली सामुद्रिक आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ। लरा नामको आँधीका कारण अमेरिकाको लुइजियाना राज्यमा जनधनको क्षति भएको हो। आँधीका कारण लुइजियानाको एक नगरस्थित रसायन कारखानामा आगलागी भएको छ। झन्डै २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको अनुमान गरिएको छ। क्षतिको आकलन भइरहेको बताइएको छ।

बीबीसीका अनुसार ५ लाख घरमा बिजुली बन्द भएको छ। तर अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी आएन। आँधी पूर्वतर्फ लागेको छ।

Tags

छुटाउनु भयो कि ?