बिबिध

चीनद्वारा अमेरिकामा मिसाइल प्रहार

Lumbinikhabar Online

११ भाद्र – अमेरिकालाई चेतावनीस्वरुप चीनले दुईवटा मिसाइल प्रहार गरेको छ । मिसाइल हैनान प्रान्त र विवादास्पद पारासल टापुको बीचमा प्रहार गरिएको छ । अमेरिकाले उडान निषेधित क्षेत्रमा विमान उडाएको भन्दै चीनले मिसाइल छाडेको भनिएको छ । अमेरिकी दुईवटा जासुसी विमान चीनले स्वघोषणा गरेको विमान निषेधित क्षेत्रमा उडेको समाचारमा उल्लेख छ ।द साउन चाइना मर्निङ पोष्टले बिहिबार समाचार प्रकाशित गर्दै चीनले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।
चीनले मिसाइल प्रहार गरेपछि ‘चीनले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको ‘ अमेरिकी रक्षा प्रमुख मार्क एस्परले प्रतिक्रिया दिदै आरोप लगाएका छन् ।

Tags

छुटाउनु भयो कि ?