कोभिड-१९

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमणको पुस्टि

Lumbinikhabar Online

११ भदाै – वीर अस्पतालमा इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएसंगै अहिले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ ।अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार बुधबार मात्रै नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको जानेको छ।नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको छ।
स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि अस्पतालको सेवामा प्रभावित हुन थालेकाे निर्देशक सेन्चुरीले बताएका छन्।प्राय स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको ,सेन्चुरीले बताएका छन्।
अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।

Tags

छुटाउनु भयो कि ?