बलिवुड

अनुष्का र विराट आमा–बुबा बन्दै

Lumbinikhabar Online

अनुष्का र विराटले तस्वीर शेयर गर्दै ज्यन्वारी २०२१ मा आफूहरु माता–पिता बन्न लागेको खबर सामाजिक संजालको माध्यमबाट खुलाएका हुन् । ट्विटर मार्फत उनीहरुले आफ्नो खुशी व्यक्त गर्नुका साथै सन्तानको प्रतिक्षामा रहेको बताएका छन् ।केही दिन अगाडि नायिका करिना कपुरले पनि आफू आमा बन्न लागेको बताएकी थिइन्।
बिहे भएको करिब २ बर्षपछि अनुष्का र विराट आमा–बुबा बन्न लागेका हुन् । अनुष्का र विराट केही बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले भव्य रुपमा २ बर्ष अगाडि बिहे गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?