बिजनेस

एक सात देखि सुनको भाउ घट्दै आएको

Lumbinikhabar Online

काठमाडौँ — पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट हुदै आएको छ ।गत बुधबार प्रतितोला एक लाख ४ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ ।बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला र९६ हजार ७ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार ३ सय १० रुपैयाँ पुगेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो ।

नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ पुगेको थियो ।

Tags

छुटाउनु भयो कि ?