बैंक तथा बित्तिय

अनलाइन कारोबार अब घरमै बसेर गर्न सकिने

Lumbinikhabar Online

सेयर बजारमा अनलाइन कारोबार गर्नका लागि लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् । अनलाइन कारोबार गर्नका लागि आवश्यक युजरनेम र पासवर्ड लिन अब लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु नपर्ने भएको हो । साथै, अनलाइनमार्फत नै केवाइसी पनि अद्यावधिक गर्न सकिनेछ ।

यसका लागि नेप्सेले सबै ब्रोकर कम्पनीहरुको टीएमएस लिंकमा अनलाइन रजिष्ट्रेसन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । नयाँ व्यवस्थाबाट अनलाइन प्रयोगकर्ता बढाउन सहयोग पुग्ने नेप्सेको भनाई छ । कोरोना संक्रमण बढेका बेला भौतिक दूरी कायम गर्न समेत सहयोग पुग्नेछ ।

 

Tags

छुटाउनु भयो कि ?