कोभिड-१९

पछील्लो २४ घन्टामा भारतमा अहिले सम्मको नै सबै भन्दा धेरै कोरोना सन्क्रमितको पुस्टी

Lumbinikhabar Online

भारतमा बितेको २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ६६ हजार ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३२ लाख ३१ हजार ५ सय २२ पुगेको छ ।

हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५९ हजार ६ सय ८ पुगेको छ । हालसम्म २४ लाख ६७ हजार २ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ६२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १९ हजार ९ सय ३६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३९ लाख ४७ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६४ लाख ६८ हजार ८ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ६ सय ६६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

Tags

छुटाउनु भयो कि ?