नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सितापाइला, इचंगुनारायण, पद्यमा कोलेनी, भीमढुङ्गा, नर्सरी भन्ज्याङ, छत्रे देउरालीलगायत स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले ती स्थानमा विद्युत् काटिँदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको छ। प्राधिकरणकी सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६