राजनीति

ओली र प्रचण्डबीच भेटवार्ता सुरू भएको छ

Lumbinikhabar Online

काठमाडौं- प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् र भेटवार्ता सुरू भएको छ।जारी भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बालुवाटार स्रोतले जनाएको हो ।आजको छलफलले पार्टीको सचिवालय बैठक बोलाउने सम्भावना रहेको र कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि छलफल हुने बुझिएको छ ।
नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।
जसमा ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने अनि सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको जनाएको छ।
एकता महाधिवेसन, पार्टी एकतालाई पुर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।
दुवै अध्यक्षले का थिए । दुई अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरे पछि छलफल गरेर उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?